मार्मा गाउँपालिका–५ कचुलीगाडमा निर्माण भएको ११८ मिटर लामो झोलुंगे पुल उद्घाटन

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ५ कचुलीगाडमा निर्माण सम्पन्न भएको झोलुंगे पुल उद्घाटन गरिएको छ । मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले आज एक कार्यक्रमका बिच पुलको उद्घाटन गर्नुभएको हो ।

पुल उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष, प्राविधिक कर्मचारी, जनप्रतिनिधि, स्थानीय लगायतको उपस्थिति रहेको स्थानीय महेन्द्र महताले जानकारी दिनुभयो । वडाअध्यक्ष सुरेन्द्र महताले पुल निर्माणमा सहयोग गर्ने सबैलाई धन्यबाद दिनुभयो ।

११८ मिटर लामो यो पुलबाट मार्मा गाउँपालिका वडा नम्बर ५ र ६ का स्थानीय प्रतक्ष लाभाबिंत हुने बताइएको छ। ५० लाख बढीको लागतमा पुल निर्माण सम्पन्न भएको निर्माण समिति अध्यक्ष अम्मुसिंह महताले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?