नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु

दार्चुला । दाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रुबहाक बस खस्दा १२ जनाको मृत्यु भएको छ । गए राति पौने १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

मृत्यु हुनेमा काठमाण्डौ चन्द्रगिरी नगरपालिका वडा नम्बर १५ निवासी ६५ वर्षिय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेश अतिकुल्ला खैरे निवासी ३१ वर्षिय मुने, जुम्ला श्रीथुस्का ९ निवासी ४० वर्षिय मुन बहादुर रावत, बाँके निवासी ३० वर्षिय रामवर्ण हरिजन, रुकुम गोतामकोट वडा नम्बर ९ निवासी दीपक कामी, भारत विहार अरेराज पुर्वी चम्पारण निवासी ६७ वर्षिय योगेन्द्र राम ९जोगेन्द्र राम टिकटमा भएको नाम० बाँके नेपालगन्ज उपमहानगरपालिका निवासी ६० वर्षिय कुसुम बस्नेत र मकवानपुर हेटौंडा निवासी ३९ वर्षिय सौरभ विष्ट रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिनुभयो ।

अन्य चार जनाको सनाखत हुन बाँकी छ । शवलाई लमहीस्थित अस्पतालमा पठाईएको छ । २३ जनालाई उपचारका लागि बुटवल र नेपालगञ्ज रिफर गरिएको छ ।

शुक्रबार राति साढे १० बजेतिर बस पुलबाट राप्ती नदीमा खसेको थियो । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबहाक रात्री बस पुलबाट खसेको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयहरु उद्दारमा खटिएका थिए । बस तीब्र गतिका कारण पुलबाट खसेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?