दुहुँ गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जनविकास मावि बारबाँजलाई

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकामा स्थानीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । पुस २४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको उपाधी जनविकास मावि बारबाँजले हात पारेको छ ।

दुहुँ गाउँपालिका शिक्षा शाखा संयोजक लोकेन्द्र बमका अनुसार जनविकास मावि बारबाँजले स्वर्ण १७, रजत ७ र काँस्य २ गरि जम्मा २६ पदक प्राप्त गर्दै २०८० सालको राष्ट्रपति रनिङ शिल्ड उचालेको छ ।

यस्तै द्वितीय स्थान प्राप्त गरेको गाैरिलमाण्डाैं मावि हिकिलाले स्वर्ण ५, रजत १४ र काँस्य ४ गरि जम्मा २३ पदक प्राप्त गरेको छ । तृतीय स्थान प्राप्त गरेको धारीपाटा मावि धारीले स्वर्ण ४, रजत ५ र काँस्य ११ गरि जम्मा २० पदक प्राप्त गरेको छ ।

चाैथाे स्थानमा गणेश मावि सिमलीले स्वर्ण ४, रजत १ र काँस्य ६ गरि जम्मा ११ पदक प्राप्त गरेको छ । पाँचौ भएको पिपलचाैरी मावि बिणले रजत ३, काँस्य ७ गरि १० पदक प्राप्त गरेको छ ।

२४ गते दुँहु गाउँपालिका अध्यक्ष नरेन्द्र बडालले मावि बारबाँजमा उद्घाटन गरेको प्रतियोगिता २७ गते एक कार्यक्रमका बिच समापन गरिएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?