दार्चुला । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा शनिबार भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । उनीहरू सबै एकै परिवारका रहेको खुलेको छ ।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार चार जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
आज शनिबार दिउँसो २ बजे काठमाडौंबाट चित्लाङ जाँदै गर्दा चन्द्रागिरि नगरपालिका ४ पानीघाटभन्दा माथि हिमचुली सेतो पहरा भन्ने ठाउँमा ६ जना सवार प्र९३९०१९२३ च ६९८५ नम्बरको जिप दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा काठमाडौं महानगरपालिका ३० बस्ने ६७ वर्षीय ओमकार निधि तिवारी, उनकी श्रीमती ६४ वर्षीया कल्पना तिवारी, काठमाडौं महानगरपालिका २ लाजिम्पाट बस्ने तिवारी दम्पतीका ज्वाईं ३८ वर्षीय डा.महेशकुमार गौतम, उनकी छोरि ६ वर्षीया स्मारिका गौतम र ४ वर्षका छोरा प्रियान्स गौतमको ज्यान गएको हो ।
जिपका चालक डा. गौतम बालरोग विशेषज्ञ हुन्। डा. गौतमकी श्रीमती डा. सृष्टि तिवारी गौतम सकुशल छिन् ।
जीप सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया