दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिकामा बिहिबारदेखि सञ्चालन भएको चौथो स्थानीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता शनिवार आज सम्पन्न भएको छ । डिलाशैनी गाउँपालिकाभित्रका १२ वटा माध्यमिक विद्यालयको सहभागीता रहेको प्रतियोगिताको उपाधी सेटीगाउँ मावि ककरपाखाले जितेको छ ।
प्रतियोगीतामा एथलेटिक्स, कबड्डी, भलिवल लगायत विभिन्न विधाका खेलहरूमा अन्तर मावि प्रतिस्पर्धा भएको छ । डिलाशैनी गाउँपालिकास्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता २०८० मा मावि सेटीगाउँ प्रथम, सिमार द्वितीय र मण्डेश्वरी तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।
डिलाशैनी गाउँपालिका-५ मा रहेको हरिनगर खेल मैदानमा सम्पन्न भएको खेलको पदक तालिका हेर्नुहोस

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया