दार्चुला । सुर्खेतको पञ्चपुरी नगरपालिकामा १८ वर्षीय एक युवकको हत्या भएको छ । गएराति १ बजेको समयमा मृत फेला परेका पञ्चपुरी नगरपालिका–६ कुवापानीका भरत बुढाकोे हत्या भएको प्रहरीले जनाएको हो ।
मृतक युवकको शरीरमा घरेलु धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
मृतक युवकको शरीरका विभिन्न भागहरूमा चोट लागेको अवस्थामा फेला परेका थिए ।
प्रहरीका अनुसार नेपालगन्जबाट तालिमप्राप्त कुकुरसहितको टोली पञ्चपुरी पुगेर थप अनुसन्धान भइरहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया