दार्चुला । दार्चुलामा बस दुर्घटना हुँदा घाईते भएका १६ जनामध्ये ८ जनालाई थप उपचारको लागि धनगढी रेफर गरिएको छ ।
शुक्रबार (आज) विहान महाकाली नगरपालिका वडा नम्बर ५ किम्तडी खेट्टेबगरस्थित फोहोर संकलन केन्द्रमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका हुन् । घाइते हुनेमा बैतडीको पाटन नगरपालिका १ का १७ वर्षीय लक्ष्मण महरा, अपिहिमाल गाउँपालिका ३ का १७ वर्षीय भरत धामी, दशरथचन्द नगरपालिका ४ का २४ वर्षीय प्रशान्त पौडेल, व्याँस गाउँपालिका ४ का ५४ वर्षीय परमानन्द भट्ट, महाकाली नगरपालिका ५ का ६० वर्षीया पशुपती टमटा, महाकाली ५ कै १९ वर्षीया निरुता ओड, महाकाली १ का लालसिंह कार्की, दार्चुलामा कार्यरत एपिएफ जवान मेलौली ६ का ३९ वर्षीय तारादत्त ओझा, सवारी चालक कञ्चनपुरको कृष्णपुर नगरपालिकाका २८ वर्षीय महेश भट्ट, मार्मा ६ का ४० वर्षीय नरेन्द्र धामी, दुहुँ ३ का ३५ वर्षीय हर्कसिंह कार्की, महाकाली १ का ३९ वर्षीय जगत कार्की र कञ्चनपुर शुक्लफाटा १ का २३ वर्षीय भुवन ठगुन्ना रहेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।
उक्त गाडी बैतडीको दोगडाकेदार गाउँपालिका ४ पिपलकोट बसालीका जनक ठगुन्नाको रहेको बताइएको छ । दुर्घटनामा परि गम्भीर घाइते भएका मध्ये दुहुँ गाउँपालिका ५ का ५३ वर्षीय दिलिप बहादुर बमसहित ८ जनालाई थप उपचारका लागी धनगढी रिफर गरिएको बताइएको छ ।
सुरुमा तीन जनालाई र पछि पाँच जनालाई गरी ८ जना घाइतेलाई थप उपचारका लागि धनगढी रेफर गरिएको बताइएको छ । रेफर भएकामध्ये अधिकासं घाइतेहरु खतरामुक्त रहेका छन् । बढी घाइते र उनका आफन्तहरु थप उपचारका लागि धनगढी गएको र सामान्य घाइते रहेकाहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बस सडकबाट बिस मिटर जति मात्रै तल महाकाली किनारामा निर्मित फोहोर संकलन केन्द्रभित्र गएको र ठूलो क्षतिबाट जोगिएको प्रतक्षदर्शीहरुले बताएका छन् ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




