दार्चुला । देथला खेलकुद विकास समितिको आयोजनामा माघ ३ गते बाट दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर २ छोलावगर खेलमैदानमा सञ्चालन भएको खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधी गोकुल भूमि काष्ट उद्योगको टिमले हात पारेको छ । १६ वटा टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा गोकुल भूमि काष्ट उद्योगको टिमले प्रथम स्थान पाप्त गर्दै ४५ हजार ५ रुपियाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र पाप्त गरेको हो ।
प्रतियोगितामा बैतडीको मेलौली टिमले द्धितीय स्थान पाप्त गर्दै नगद २५ हजार ५ सहित शिल्ड, मेडल र प्रमाणपत्र पाप्त गरेको छ भने तपोवन मावि पडपडाको टिम र नमेश पोल्टी सप्लार्यसको टिमले तृतिय स्थान पाप्त गर्दै १५ हजार ५ रुपियाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पाप्त गरेको आयोजक देथला खेलकुद विकास समिति अध्यक्ष मुकेश पालले बताउनुभयो ।
देथला खेलकुद विकास समितिका अध्यक्ष मुकेश पालको अध्यक्षतामा सुरु भएको प्रतियोगितामा पूर्वमन्त्री गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्या र शैल्यशिखरका नगरप्रमुख विजयसिंह धामीको विशिष्ट आतिथ्यता रहेको थियो । तीन दिनसम्म चलेको खेल सौहार्द वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।






प्रतिक्रिया