दार्चुलाको खलंगास्थित एक विद्यालयमा आगलागी

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–४ खलंगास्थित पशुपति शिक्षा मन्दिरमा आगलागी भएको हो। सोमबार राति पशुपति शिक्षा मन्दिर विद्यालयमा विद्युतको तार सर्ट भएर कम्प्युटर कोठामा आगलागी भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

आगलागीबाट कम्प्युटर, सिपियु, टेबल, र्‍याकहरु जलेका र क्षतिको विवरण संकलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताउनुभयो। आगलागी प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको बताइएको छ ।

तर प्रतक्षदर्शीहरुका अनुसार विद्युत तार सट भएको जस्तो नदेखिएको र कुनै व्यक्ति वा समुहले आगो लगाएको हुन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?