आज राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदै

दार्चुला । आगामी फागुन २१ गतेदेखि रिक्त हुने राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुँदैछ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कार्यक्रम छ ।

राष्ट्रिय सभा सदस्यको १९ रिक्त पदका लागि सात प्रदेशबाट आठ राजनीतिक दलका ५१ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् ।

एमालेबाट १९ पदमा उम्मेदवार छन् भने नेपाली कांग्रेसका १०, माओवादी केन्द्रका ६, एकीकृत समाजवादीका २ र जनता समाजवादी पार्टीका एक जना उम्मेदवार छन् । त्यस्तै जनमत पार्टीका २, राष्ट्रिय प्रजातन्त्र पार्टीका ७ र नेपाल मजदुर किसान पार्टीका ४ जना उम्मेदवार छन् ।

राष्ट्रिय सभा सदस्यका लागि प्रदेश सभाका सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष मतदाता हुने व्यवस्था छ ।

मतगणना आजै सुरु हुने र राति अबेरसम्ममा मतपरिणाम आउने आयोगले जनाएको छ ।

हाल कायम प्रदेशसभा सदस्य पाँच सय ४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार नौ सय ९८ मतदाता रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?