दार्चुला । नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको छ ।
आज भएको पहिलो चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपाल प्रतियोगिताको दोस्रो चरण पुगेको हो ।
१४६ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५८ रन बनाए । दीपक बोहराले २७ र आकाश त्रिपाटीले १६ रन जोडे ।
खनालले चौथो विकेटका लागि आकाश त्रिपाटीसँग ४९ र सातौँ विकेटका लागि दीपक बोहरासँग ३६ रनको साझेदारी गरेका थिए ।
७३ रनमा तीन विकेटको अवस्थामा रहेको नेपालले थप १८ रन जोड्दा अन्य ३ विकेट पनि गुमाएको थियो ।
गुल्सन झा १, विपिन रावल २ र दीपक डुम्रेले ५ रन बनाए। दीपेश कँडेल ४ रन जोडेर आउट भए ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया