दार्चुला । स्थानीय तहको संस्थागत क्षमता स्व–मुल्याङ्कन (लिजा) मा दार्चुलाको शैल्यशिखर नगरपालिका जिल्लामा पहिलो र सुदूरपश्चिम प्रदेशमा तेस्रो भएको छ । लिजाको प्रारम्भिक नतिजा अनुसार डोटीको आदर्श गाउँपालिका ९५.५ प्रतिशत अंक दाबी गर्दै प्रदेशकै उत्कृष्ट भएको छ भने दोश्रो उत्कृष्ठ ९१ प्रतिशत अंक दाबी गरेको डडेल्धुराको भागेश्वर गाउँपालिका भएको छ ।
सुदूरपश्चिम प्रदेशको तेश्रो उत्कृष्ठमा ७९.७५ प्रतिशत अंक दाबी गरेका दार्चुलाको शैल्यशिखर नगरपालिका र बाजुराको जगन्नाथ गाउँपालिका परेका छन् । शैल्यशिखरले शासकीय प्रवन्ध र न्यायिक कार्य सम्पादनमा शत प्रतिशत अंक दावी गरेको छ । यस्तै, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ९३.१८ प्रतिशत, सहकार्य र समन्वयमा ९१.६७ प्रतिशत, बित्तीय एवं आर्थिक व्यवस्थापनमा ९०.९१ प्रतिशत र सामाजिक समावेशीक–रणमा ९० प्रतिशत अंक दावी गरेको छ । बातावरण तथा बिपद् व्यवस्थापनमा ८८.८९ प्रतिशत, संंगठन तथा प्रशासनमा ८७.५ प्रतिशत, भौतिक पूर्वाधारमा ८४ प्रतिशत र सेवा प्रवाहमा ८१.२५ प्रतिशत अंक दावी गरेको छ ।
स्थानीय तह वित्तिय संस्थागत स्वमूल्याकंन (लिजा) मा दार्चुलाका सबै स्थानीय तहले प्रारम्भिक नतिजा निकालेर पेस गरिसकेका छन् । दार्चुलाका सबै पालिकाले दाबी गरेको अंक हेर्दा शैल्यशिखर नगरपालिकाको सबैभन्दा बढी ८९.७५ प्रतिशत रहेको छ । यस्तै दोस्रोमा मालिकार्जुन गाउँपालिकाले ८६.२५ प्रतिशत अंक दाबी गरेको छ । नौगाड गाउँपालिकाले ८३ प्रतिशत, अपिहिमाल गाउँपालिकाले ८२.२५ प्रतिशत, दुहुँ गाउँपालिकाले ८०.७५ प्रतिशत अंक दाबी गरेका छन् । यस्तै व्याँस गाउँपालिकाले ७८.२५ प्रतिशत, लेकम गाउँपालिकाले ७६.२५ प्रतिशत, मार्मा गाउँपालिकाले ७३ प्रतिशत र महाकाली नगरपालिकाले ६२.५ प्रतिशत अंक दाबी गरेका छन् ।
पालिकाहरुले आफुले गरेको कार्य प्रगति तथा आफुसंग भएका कागजात, दस्ताबेजहरुको आधारमा अंक दाबी गरेपनि लिजाको गुणस्तर परीक्षण हुन बाँकी रहेको छ । दार्चुलाका सबै पालिकाले आफ्नो तर्फबाट लिजामा अंक दाबी गरिसकेको भएपनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गुणस्तर परीक्षण हुन बाँकी रहेको जिल्ला समन्वय समिति दार्चुलाले जनाएको छ । गुणस्तर परीक्षणपछि लिजाको अन्तिम नतिजा सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया