दार्चुला । दार्चुला सहित सुदूरपश्चिका उच्च पहाडी तथा लेकाली क्षेत्रमा हिमपात भएको छ । दार्चुलासहित सुदूरपश्चिमा यो बर्ष पहिलो पटक हिमपात भएको हो । लामो समयपछी हिमपात सहित बर्षा हुदा बालीनालीमा केहि राहत भएको स्थानीय कृषकहरुको भनाई छ ।
दार्चुला, बैतडीका उच्च लेकाली क्षेत्रमा हिजो बुधबारदेखि हिमपात शुरु भएको स्थानीयहरुले बताएका छन् । दार्चुलाको अपिहिमाल, व्याँस लगायतका स्थानीय तहको अधिकासं क्षेत्रमा हिमपात भइरहेको छ । जिल्लाभरीनै हिजोदेखि हल्का वर्षा भइरहेको छ ।
यस्तै बैतडी सिगासको गर्जे, श्रीभावर, खोडपे, सतबाँझ, रौलाकेदार लगायतका ठाउँमा हिमपात भएको छ ।
यस्तै बझाङ, बाजुरा, डोटी लगायतका जिल्लाका उच्च हिमाली क्षेत्रहरुमा पनि हिमपात भएको छ ।
हिउँदे बर्षा र हिमपातले चिसो बढेसंगै जनजीवन कष्टकर बनेको छ ।
लामो समयपछि भएको हिमपात र हिउदे वर्षाले खेतीपातीलाई राहत मिल्ने किसानहरुको प्रतिक्रिया छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया