दार्चुला । दार्चुलाको महाकाली नदीमा खसेका एक पुरुषको सकुशल उद्धार गरिएको छ । सशस्त्र प्रहरी दार्चुलाले महाकाली नगरपालिका वडा नम्बर १ छापरी बस्ने ४२ वर्षीय मदन कुवँरको महाकाली नदीबाट सकुशल उद्धार गरेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार कुवँर मादक पदार्थ सेवन गरि छापरीबाट खलंगातर्फ आउदै गरेको अवस्थामा महाकाली नदी किनारमा खसेको र दुर्घटना हुनसक्ने अवस्थालाई ख्याल गर्दै उद्धार गरी घरतर्फ पठाइएको हो ।
नदी किनारमा खसेका पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया