दार्चुला । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते गर्ने तयारी भएको छ । सभाका अध्यक्ष गणेश तिमल्सिनाको पदावधि सकिएर बिदा भएलगत्तै निर्वाचन गर्ने राष्ट्रिय सभाले सम्भावित कार्यसूची तयार पारेको हो ।
राष्ट्रियसभाको सम्भावित कार्यसूची अनुसार फागुन २९ मा राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुनेछ । त्यसका लागि फागुन २७ गते निर्वाचनको समय निर्धारण हुने सम्भावित कार्यसूचीमा उल्लेख छ । फागुन २१ गते अध्यक्षसहित २० सांसदको बिदाई हुँदैछ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया