दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाको वडा नम्बर १ खायाकोट देखि अपि वेश क्याम्प सम्मको १६ किलोमिटर पर्यटकीय पदमार्ग र पर्यटकीय आवास गृहहरु अपिहिमाल गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
अपि वेश क्याम्पसम्मको उक्त पदमार्ग र आवास गृह निर्माण सम्पन्न भइ सञ्चालनमा आएपछि पर्यटन विभागले व्यवस्थापनको जिम्मेवारीसहित गाउँपालिकालाई हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले जानकारी दिनुभयो ।
गाउँपालिकाले छिट्टै कार्यविधि बनाइ व्यवस्थित रुपमा सञ्चालन गर्ने उहाँको भनाइ छ । अपिहिमाल गाउँपालिकाको खायाकोट अन्तिम मानवबस्ती हो । खायाकोटबाट पर्यटकीय सम्भावनाले भरिपुर्ण अपि वेस क्याम्पसम्म पुग्न सजिलोका लागि १६ किलोमिटर लामो पदमार्ग र ठाउँठाउँमा विश्रामस्थल तथा आवासगृह निर्माण गरिएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया