दार्चुलाको नौगाडमा १० शैय्याको आधारभुत अस्पताल उद्धघाटन, स्थानीय खुसी

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ३ जामिरमा निर्माण सम्पन्न भएको १० शैय्याको आधारभुत अस्पताल आज एक औपचारिक कार्यक्रमका विच उद्धघाटन गरिएको छ । नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामीको अध्यक्षता आयोजित अस्पताल उद्घाटन कार्यक्रममा दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूको प्रमुख आतिथ्यता र सुदूरपश्चिम प्रदेश सभा सदस्य मान वहादुर धामी सन्तोषको विशिष्ट आतिथ्यता रहेको थियो ।

जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव वडू (कश्यप), दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, नौगाड गाउँपालिका उपाध्यक्ष जगत सिंह ठगुन्ना, प्रहरी नायब उपरीक्षक शिव वहादुर सिंह, सशस्त्र प्रहरी नायब उपरीक्षक लिली बहादुर चन्द लगायतको आतिथ्यता रहेको कार्यक्रममा नौगाडका जनप्रतिनिधि, कर्मचारी, समाजसेवी, जग्गादाता सहयोगी र स्थानीय बासीन्दाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अस्पताल निर्माणमा महत्तपूर्ण योगदान गर्ने स्थानीय समाजसेवीहरुलाई सम्मान गरिएको छ । गाउँघरमै आधारभुत सेवा सहितको अस्पताल निर्माण भएपछि टाढा जानुपर्ने वाध्यता अन्त्य हुनेमा आशाबादी हुँदै स्थानीय खुसी भएका छन् ।

अस्पताल उद्घाटन कार्यक्रमका तस्बिरहरु

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?