दार्चुला । दार्चुलाको महकाली नगरपालिकामा आर्थिक बर्ष २०८०।०८१ को पहिलो चौमासीक अवधिको सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको आयोजना र दार्चुला विकास संगठन (सारथी एफ.एम.) को सहजिकरणमा खलंगास्थित महाकाली नगरपालिकाको सभाहलमा सञ्चालन गरिएको उक्त कार्यक्रममा महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसीरको अध्यक्षता रहेको थियो ।
उक्त कार्यक्रममा प्रमुख जवाफदेहीबक्ता नगरप्रमुख नरसिंह चैसीर र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत युवराज जोशी रहनुभएको थियो । कार्यक्रममा विभिन्न शाखाका प्रमुख एबं कर्मचारी, स्थानीय बुद्धिजीवी, सञ्चारकर्मी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । यद्धपी कार्यक्रममा सेवाग्राही नागरिकको उपस्थिति न्यून रहेको थियो ।
नगरपालिकाले चालु आर्थिक वर्षको हालसम्म गरेका सेवा प्रवाह तथा योजना, कार्यक्रमको बारेमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत युवाराज जोशीले बस्तुस्थिति विवरण प्रस्तुत गर्नुभएको थियो । सहजिकरण संस्थाले तयार पारेको नागरिक प्रतिवेदन र बर्हिगमन प्रतिवेदनको बारेमा सहजकर्ता एबं पत्रकार लोकेन्द्र जोशीले प्रस्तुती राख्नुभएको थियो । नागरिक समाजको तर्फबाट महेश भट्ट र पत्रकार शंकरसिंह धामीले बजार क्षेत्रको खानेपानी समस्या, फोहोर व्यवस्थापन, शिक्षा, सुशासन लगायत विभिन्न क्षेत्रसंग सम्बन्धित सुझाब, गुनासा तथा प्रतिक्रिया राख्नुभएको थियो । गुनासा तथा जिज्ञासाको नगरप्रमुख चैसीरले जवाफ दिदै समस्या समाधानका लागि आफु प्रयत्नसिल रहेको जानकारी दिनुभयो । उहाँले कार्यक्रममा प्राप्त सकारात्मक सुझाबहरुलाई अनुशरण गरेर अगाडी बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
पत्रकार महासंघ दार्चुलाका अध्यक्ष कृष्णसिंह धामीले सहजिकरण गरेको उक्त कार्यक्रमको सञ्चालन पत्रकार नरेन्द्र जोशीले गर्नुभएको थियो । सहजिकरण संख्या दार्चुला विकास संगठनका अध्यक्ष राजेन्द्र सिंह धामीले सार्वजनिक सुनुवाइ कार्यक्रमलाई थप प्रभावकारी बनाउन तथा सहभागिता बढाउन अगामी दिनमा प्रयत्न गरिने बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।






प्रतिक्रिया