पर्सामा छोरी जन्मिएको भनेर आमा अस्पतालबाटै फरार

दार्चुला । पर्सामा छोरी जन्मेपछि एक आमा अस्पतालबाटै फरार भएकी छन्। हिजो बिहान वीरगञ्जस्थित नारायणी अस्पतालमा सीता देवी नाम दर्ता गराएकी महिलाले छोरीलाई जन्म दिएकी थिइन्।

सुत्केरी व्यथा लागेपछि अस्ति साँझ सासूसँग अस्पताल पुगेकी उनले जन्म दिएकी शिशु स्वस्थ अवस्थामा रहेको अस्पतालले बताएको छ। अस्पतालमा रानीघाट९६ वीरगञ्जको ठेगाना टिपाए उनीहरूले दुवैजनासँग मोबाइल नभएको बताएका थिए।

छोरी जन्मिएकै कारण आमा र हजुरआमा शिशुलाई अलपत्र छोडेर हिँडेको अस्पतालको दाबी छ। यसअघि सीताका तीन छोरी जन्मिएका थिए । उनीहरू फागुन १२ गते दिनभर अस्पतालमै बसेका थिए । साँझ अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्डको आँखा छलेर उनीहरु हिँडेका हुन् । साँझपख बेडमा शिशु मात्रै देखेपछि स्वास्थ्यकर्मीले खोजी गरेका थिए, तर नभेटिएको बताएका छन् ।

आइतबार मध्याह्नसम्म पनि उनीहरू नभेटिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?