दार्चुलाको एक पोल्ट्री फर्ममा आगलागी, चार लाखको क्षति

दार्चुला । दार्चुलाको एक पोल्ट्री फर्ममा आगलागी भएको छ। जिल्लाको मार्मा गाउँपालिका–२ घोप्टे बस्ने प्रकाश महरले संचालन गरेको दिपिका एण्ड अनिस पोल्ट्री फर्ममा बिजुलीको तार सर्ट भएर शुक्रवार साँझ आगलागी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोबिन्द भण्डारीले जानकारी दिनुभयो ।

आगलागी हुँदा फर्म भित्र रहेका ८०० वटा कुखुराको चल्ला, बिद्युत मिटर र कुखुरा दाना लगायतका सामान गरी ४ लाखको धनमाल जलेर नष्ट भएको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो ।

उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिनुका साथै आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?