अपिहिमालमा ४५ दिने हेम्प (भाङ) काे लाेक्ताबाट कपडा बुन्ने सीप विकास तालिम सुरू

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा ४५ दिने हेम्प (भाङ) काे लाेक्ता बाट कपडा बुन्ने सीप विकास तालिम सुरू भएको छ । अपिहिमाल गाउँपालिका उद्याेग विकास शाखाकाे आयाेजनामा सम्भाव्य उद्यमीहरुका लागि ४५ दिने हेम्पकाे लाेक्ता बाट कपडा बुन्ने सीप विकास तालिम आयोजना भएको हो ।

अपिहिमाल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गगन सिह कार्कीकाे अध्यक्षतामा तालिम उद्घाटन गरिएको हो । तलिमकाे प्रशिक्षण प्रशिक्षक मनराज थापाले गरिरहनुभएको छ । अपिहिमाल गाउँपालिकामा परम्परागत विधिबाट हेम्पकाे लाेक्ताबाट कपडा बनाउँथे, उद्यम विकास शाखाका कर्मचारी धर्मानन्द भट्टले भन्नुभयो, परम्परागत प्रविधिबाट समय बढी लाग्ने भएकाले अधुनिक प्रविधिकाे प्रयाेग गरि उद्यमी सिर्जना गर्ने उद्वेश्यले उक्त तालिम सञ्चालन गरिएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?