दार्चुला । नेकपा (एमाले) नौगाड गाउँपालिकाको दोस्रो पालिका अधिवेशन सम्पन्न भएको छ । ललित सिंह ठगुन्नाको अध्यक्षतामा ३९ सदस्यीय गाउँपालिका कमिटी चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।
कमिटीको उपाध्यक्षमा रामसिंह ठगुन्ना, सचिवमा हरकसिंह ठगुन्ना, उपसचिवमा जयभान सिह धामी र जानकी ठगुन्ना चयन भएकाे एमाले जिल्ला कमिटी सदस्य गोबिन्द धामीले बताउनुभयो ।
एमाले नौगाडका तत्कालीन अध्यक्ष जनकसिंह ठगुन्नाको अध्यक्षतामा आयोजित अधिवेशनमा जिल्ला इन्चार्ज सहदेब बोगटीको प्रमुख आतिथ्यता रहेको थियो ।
अधिवेशनमा प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटी अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको आतिथ्यता रहेको थियो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया