आज यी प्रदेशमा सामान्य वर्षा र हिमपातको सम्भावना

दार्चुला । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

मंगलबार दिउँसो सुदूरपश्चिम,कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

सुदूरपश्चिम, कर्णाली र  गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ। यी तीन प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?