सुदूरपश्चिममा ७३ हजार बढिको कोरोना परीक्षण, ३१४ संक्रमित घरमै, २८२ मात्रै आईसोलेसनमा

दार्चुला । सुदूरपश्चिम प्रदेशमा ७३ हजार बढिको कोरोना परीक्षण गरिएको छ। प्रदेशका ९ वटै जिल्लाबाट संकलन गरिएका ७३ हजार एक सय ९४ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

धनगढी प्रयोगशाला मार्फत ३८ हजार ८ सय २६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशाला मार्फत १६ हजार तीन सय १८, डडेल्धुरा अस्पतालको प्रयोगशाला मार्फत १५ हजार तीन सय र डोटी जिल्ला अस्पतालको प्रयोगशाला मार्फत दुई हजार ५ सय ६६ जनाको कोरोना परीक्षण भएको छ।

निर्देशनालयका अनुसार अहिले सम्म परीक्षणका लागि ७५ हजार दुई सय ४९ जनाको स्वाब संकलन गरिएकोमा दुई हजार ५५ जनाको परीक्षण रिर्पोट आउन बाँकी छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिले सम्म परीक्षण गरीएका ९ प्रतिशत अर्थात ६ हजार ६ सय २१ जनामा कोरोना पुष्टि भएको छ। सबैभन्दा बढि कैलालीमा दुई हजार एक जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

डोटीमा एक हजार ३१, अछाममा नौँ सय ९२, कञ्चनपुरमा सात सय ५१ र बाजुरामा ६ सय २६ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै बझाङका चार सय ८२, बैतडीका तीन सय ८१, डडेल्धुराका तीन सय ४१ र दार्चुलाका ६६ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार दार्चुला जिल्ला भित्र ५९ जनामा संक्रमण पुष्टि भएकाेमा ५३ जना निकाे भइसकेका छन् ।

संक्रमण पुष्टि भएका ५ हजार सात सयले कोरोना जितेको दावी गरिएको छ भने १४ जनाको मृत्यु भएको छ।

यसैबिच सुदूरपश्चिम प्रदेशमा दुई हजार पाँच सय बढि अटाउने आईसोलेसन शैया भएपनि अधिकासं संक्रमितलाई घरमा पठाईएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशमा अहिले संक्रिय संक्रमितको संख्या ६ सय ९८ रहेको छ।

उनीहरु मध्ये तीन सय १४ जना संक्रमितलाई घरमै राखिएको निर्देशनालयले जनाएको छ। सबैभन्दा बढि कैलालीमा दुई सय ५८ जना संक्रिय संक्रमितलाई घर पठाईएको छ। यस्तै कञ्चनपुरका २५, डडेल्धुराका नौँ, बैतडीका ८, डोटीका सात, अछामका ५ र दार्चुलाका दुई जना संक्रिय संक्रमितलाई घर पठाइएको छ।

निर्देशनालयका अनुसार अहिले प्रदेशको संस्थागत आइसोलेसनमा दुई सय ८२ संक्रमितलाई मात्रै राखिएको छ। कैलालीका ९६, बझाङका ६२, डोटीका ६१, कञ्चनपुरका ४७, डडेल्धुराका नौँ, दार्चुलाका चार र अछामका तीन जना संक्रमितलाई संस्थागत आईसोलेसनमा राखिएको छ।

उनीहरु मध्ये लक्षण देखिएका ५२ जनाको मात्रै अस्पतालको आईसोलेसनमा उपचार भईरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?