बारामा वर्कसपमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या तीन पुग्यो

दार्चुला । बारा निजगढको एक वर्कसपमा  बम जस्तो देखिने शंकास्पद वस्तु पड्किदा घाईते भएका मध्ये थप दुई जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या तीन पुगेको छ।

घाइतेमध्ये मृत्यु हुनेमा भारत गवाही बस्ने ३५ वर्षीय राकेश जयसवाल र विरगंज महानगर पालिका वडा –९ बस्ने बर्ष २० का रितु रजत रहेका छन।

उनीहरुको बयोधा अस्पताल बिरगन्जमा मृत्यु भएको हो। सोमबार यस अघि सो घटनामा बर्कशप सञ्चालक निजगढ नगरपालिका ९ का रेशम जर्घा मगरको घटनास्थलमानै मृत्यु भएको थियो।

सख्त घाइतेहरुमा विरगंज महानगरपालिका वडा–९ वस्ने ३४ काफिरोद देवान र भारत रामगढवा बस्ने बर्ष २० को अरीवन साह रहेका छन्।

कवाड सञ्चालक राज जैसवालले सो बम जस्तो देखिने वस्तुमा रहेको तामा निकाल्न वर्कशपमा ल्याएका र वर्कशपमा काट्ने क्रममा सो बम जस्तै देखिने वस्तु विस्फोट हुँदा सो घटना भएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?