नेपाल नामिबियासँग २० रनले पराजित

दार्चुला । त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजअन्तर्गत नामिबियाविरुद्धको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल २० रनले पराजित भएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०६ रन बनाएको थियो। उसका लागि जन निकोल लोफ्टाइ-एटनको कीर्तिमानी शतक प्रहार गरे। उनले ३३ बलमै शतक प्रहार गर्दै सर्वाधिक चाँडो टी-२० शतकको कीर्तिमान बनाएका थिए।

नेपालका कुनै पनि बलरले गतिलो प्रदर्शन गर्न सकेनन्। नेपालका लागि रोहित पौडेलले २ विकेट लिँदा अभिनाश बोहरा र करण केसीले समान १-१ विकेट लिए।

२०७ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर ५ बलमा अलआउट हुँदै १८६ रन बनायो।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४८ रन बनाए। यस्तै, कप्तान रोहित पौडेलले ४२, कुशल मल्लले ३२, सोमपाल कामीले २६ र गुल्शन झाले १२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?