अपिहिमालको सांस्कृतिक समाज रारा राष्ट्रिय म्युजिक अवार्डबाट सम्मानित

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाको सांस्कृतिक समाज रारा राष्ट्रिय म्युजिक अवार्डबाट सम्मानित भएको छ । बुधबार काठमाडौं स्थित राष्ट्रिय सभागृहमा सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमामा भएको सांस्कृतिक कार्यक्रममा रारा राष्ट्रिय म्युजिक अवार्डद्वारा आयोजित कार्यक्रममा अपिहिमालको टिम सम्मानित भएको हो ।

कार्यक्रममा अपिहिमाल गाउँपालिकाको तर्फबाट विभिन्न कामको सिलसिलामा काठमाडौंमा बस्दै आएका करिब २५र३० जना महिलाहरु सहभागी भएको अपिहिमाल गाउँपालिका सांस्कृतिक समाज दार्चुला समूहका सचिव दिलमाया लोथ्यालले बताउनुभयो । उक्त सम्मानित कार्यक्रममा समूहका विशेष सल्लाहकार राष्ट्रिय लोक देउडा गायिका दिपा रोकायको समेत उपस्थिति रहेको थियो । यो भन्दा पहिला सांस्कृतिक टिम नै बनाएर सांस्कृतिक समूह बनाएर दर्ता प्रक्रियामा लगि अपि हिमाल तथा दार्चुलाको सांस्कृति काठमाडौंमा पहिचान गराउन प्रयत्नसिल रहेको उहाँले बताउनुभयो ।

केही समय पहिलेदेखि काठमाडौंमा हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुने गरेको र लोकप्रिय इन्द्रेणी कार्यक्रममा समेत आफ्नो पहिरन सहितको प्रस्तुति राखिएको उहाँले बताउनुभयो । मौलिक सांस्कृतिक पहिचान र मौलिकता लोप हुदै गरेको अवस्थामा दार्चुलाको अपिहिमाल गाउँपालिकाका महिलाहरुले यसरी आफ्नो मौलिक संस्कृति बचाउन खेलेको भूमिका निक्कै प्रशंसनीय रहेको अपिहिमालका स्थानीय भक्तसिंह धामीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?