सुदूरपश्चिमका ९ वटै जिल्लामा टेलिकमको फोर जी इन्टरनेट सेवा विस्तार

दार्चुला । नेपाल टेलिकमले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा फोर जी इन्टरनेट सेवा विस्तार गरेको छ। यो प्रदेशका नौ वटै जिल्लामा २१७ वटा टावरमार्फत फोर जी इन्टरनेट सेवा विस्तार गरिएको नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ।

प्रदेशभर फोर जी सेवाको पहुँच पु¥याउन ३८४ टावर निर्माण गरी विस्तार गर्ने योजना छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउन र निषेधाज्ञाका कारण गत चैतदेखि निर्माण कार्य बन्द भएकाले टावर विस्तारमा केही ढिलाइ भएको जनाइएकाे छ।

बाँकी टावरको निर्माण यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाका निर्देशक नामाकार न्यौपानेका अनुसार गत वर्ष सुदूरपश्चिम प्रदेशका धनगढी, चटकपुर, चौमाला, टीकापुर, मसुरिया, लम्की, सुखड, पच्चीसघर, बुढीतोला, अत्तरिया, झलारी र महेन्द्रनगर गरी १२ ठाउँमा फोर जी इन्टरनेट सेवा शुरू गरिएको थियो।

हाल टेलिकमको फोर जी सेवा कैलाली कञ्चनपुरसहित पहाडी जिल्लाका बजार क्षेत्रमा विस्तार भएको जनाइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?