अपिहिमालमा एमालेको अधिवेसन सम्पन्न, धर्मानन्द मन्यालको अध्यक्षतामा कमिटी चयन

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा नेकपा (एमाले) को दोस्रो पालिका अधिवेसन नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । एमाले जिल्ला इन्चार्ज सहदेब बोगटीको प्रमुख आतिथ्यतामा आज एक कार्यक्रमका बिच उद्घाटन भएको अधिवेसनबाट धर्मानन्द मन्याल (डिएन घाजिरेल) को अध्यक्षतामा कमिटी चयन गर्दै सम्पन्न भएको एमाले दार्चुलाका सचिव उमेश जोशीले बताउनुभयो ।

अधिवेसनको बन्द सत्रबाट धर्मानन्द मन्याल अध्यक्ष, भरतसिंह धामी उपाध्यक्ष, नरेन्द्र कार्की सचिव, बिक्रम धामी र कोपिला कार्की उपसचिव निर्वाचित भएको नेकपा एमाले दार्चुलाले जनाएको छ । अधिवेसनमा एमाले प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी पदाधिकारी र सदस्यहरुको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?