सुदूरपश्चिममा आज ६९ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु भएसंगै मृतकको संख्या १५ पुग्याे

दार्चुला । कैलालीका २१ सहित सुदूरपश्चिम प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।सेती प्रादेशिक अस्पताल र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा डोटीका ४०, कैलालीका २१ र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कैलालीको गौरीगंगा नगरपालिकाका सात जना, लम्कीचुहा नगरपालिकाका ६ जना, धनगढी उप–महानगरपालिकाका चार जना, गोदावरी नगरपालिकाका दुई जना, जोशीपुर र टीकापुरका एक/एक जनामा संक्रमण पुष्टि भएको हो।

कञ्चनपुरको भीमदत्त नगरपालिकाका ६ जना र बेदकोट नगरपालिकाका दुई जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। सूचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा चार सय २५ जनाको कोरोना परीक्षण भएको छ। उता डोटीमा पछिल्लो २४ घण्टामा एक सय ५ जनाको कोरोना परीक्षण भएकोमा ४० जनामा संक्रमण पुष्टि भएको छ। उनीहरु सबै नेपाली सेनामा कार्यरत हुन्।

दिपायल सिलगढी नगरपालिका–४ सुल्लेकस्थित नेपाली सेनाको गुरुबक्स गणमा कार्यरत ४० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनुभयाे । यसअघि पनि नेपाली सेनाका सोही ब्यारेकमा २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो।

संक्रमित सबैजनाको स्वास्थ अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ६ सय ५९ पुगेको छ। संक्रमण पुष्टि भएका पाँच हजार सात सयले कोरोना जितेका छन्।

यसैबिच सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ५७ बर्षीया संक्रमित महिलाको आज साँझ मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनुभयाे ।

यो संगै सुदूरपश्चिममा संक्रमित मृतकको संख्या १५ पुगेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?