दार्चुलामा ससुराली आएका सशस्त्र प्रहरीका सहायक हवल्दार मृत फेला

दार्चुला । दार्चुलामा सशस्त्र प्रहरीका सहायक हवल्दार मृत फेला परेका छन् । बैतडी घर भइ ससुराली आएका ३० बर्षीय सुरेन्द्रबहादुर बोहरा अपिहिमाल गाउँपालिका वडा नम्बर २ मा मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी शिव बहादुर सिंहले बताउनुभयो ।

दुई तीन दिन अगाडी बिदा लिएर आएका बोहरा आइतबार बिहान करिब ९ बजेतिर झुन्डीएको अवस्थामा मृत फेला परेको उहाँले बताउनुभयो । बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ३ घर भएका बोहरा कञ्चपुरको बह्रमदेवमा कार्यरत रहेका थिए ।

बोहराकी श्रीमती स्वास्थ्यमा कार्यरत रहेको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?