मोरङमा सशस्‍त्रका डिएसपी मृत भेटिए

दार्चुला । मोरङमा सशस्त्र प्रहरी बलका डिएसपी उपेन्द्र बस्याल मृत फेला परेका छन्।

धनपालथान गाउँपालिका वडा नम्बर ३ स्थित प्रस्‍तावित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म सोराभागमा कार्यरत डिएसपी बस्याल झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

सोमबार दिउँसो साढे २ बजेतिर गुल्मको क्वार्टरस्थित कोठामा पंखामा झुण्डिएको अवस्थामा पाल्पा घर भएका ३८ वर्षीय उनी मृत फेला परेका हुन्।

उहाँको परिवार काठमाडौं बस्दै आएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?