नौगाडमा कृषकहरुलाई उपकरण हस्तान्तरण

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा कृषि विकास शाखाको चालु आर्थिक बर्ष २०८०।८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाभित्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण हस्तान्तरण गरिएको छ ।

फागुन १८ गते गाउँपालिका उपाध्यक्ष जगत सिंह ठगुन्ना र गाउँपालिकाका प्रवक्ता राजेन्द्र सिंह बोहराले छनोटमा परेका कृषि समुह तथा कृषकलाई कृषि उपकरण हस्तान्तरण गरेको नौगाड गाउँपालिका कृषि शाखा प्रमुख प्रकाशसिंह धामीले जानकारी दिनुभयो । पालिकाभित्रका उद्यमी कृषकहरुलाई यान्त्रिकरणमा सहजता पुर्याउने उद्धेश्यले उपकरण हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । यान्त्रिकरण उपकरण बितरण कार्यक्रम अन्र्तरगत १३ वटा मल्टीक्रप थ्रेसर, ९ वटा मिनिटिलर, ६ वटा घासँ टुक्याउने मेसिन, ६ वटा ईलेक्ट्रिनिक मेसिन, ३ वटा गहुँ बताउने पंखा र फलफुल काटछाट गर्ने एउटा सिडी पालिकाभित्रका कृषक तथा कृषि समुहलाई हस्तान्तरण गरेको कृषि अधिकृत धामीले बताउनुभयो ।

नौगाड गाउँपालिका कृषि शाखाले एक महिना पहिले प्रकाशित गरेको सूचनाको आधारमा प्रत्येक वडा तथा गाउँपालिकाको कृषि शाखामा परेका आवेदनका आधारमा पहिलो प्राथमिकता तथा दोस्रो प्रथमिकताको आधारमा सम्बन्धित कृषक तथा कृषि फार्महरुलाइ सो उपकरण हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?