शौचालय गएकी बालिकाको धारिलो हतियार प्रयोग गरि हत्या

दार्चुला । मोरङमा एक १५ वर्षीया बालिकाको हत्या भएको छ । पथरीशनिश्चरे नगरपालिका-७ लामाटोलस्थित मामाको घरमा बस्दै आएकी १५ वर्षीया ज्ञानुकुमारी राईको हत्या भएको हो । बालिकाको घर भने खोटाङको एैसेलुखर्क-६ मा हो ।

प्रहरीका अनुसार सोमबार राति साढे १० बजे कोठाबाट शौचालय जाने क्रममा उनको गर्धनमा धारिलो हतियार प्रहार भएको थियो । हतियार प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिनुभयो ।

कोठाबाट शौचालय जाने क्रममा हत्या भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दाहालले बताउनुभयो । हत्याको कारण र संलग्नको पहिचान भने भएको छैन ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?