धनगढीबाट विराटनगरतर्फ गइरहेको बस बारामा दुर्घटना, १८ जना घाइते

दार्चुला । बाराको जीतपुरसिमरा वडा नम्बर २२ स्थित ३ नम्बर पुलमा यात्रुबहाक बस दुर्घटना भएको छ । मंगलबार अपराह्न करिब ४ बजेको समयमा भएको बस दुर्घटनामा १८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार धनगढीबाट विराटनगरतर्फ जाँदै गरेको ना.६ ख ९०३० न.को यात्रुवाहक बस आफै अनियन्त्रित भई बाटोभन्दा करिब ३०र३५ मिटर तल खसेको थियो ।

बसमा २३ जना यात्रु सवार रहेका थिए । उनीहरूमध्ये ५ जनालाई सामान्य उपचार पश्चात् घर पठाइएको छ । १८ जना यात्रुहरू घाइते भई उपचारको लागि हेटौँडा अस्पताल पठाइएको छ ।

घाइतेहरुको नाम नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?