नौगाडमा गोठ सुधार कार्यक्रमका लागि आवेदन माग

दार्चुला । नौगाड गाउँपालिकाले भैँसी गोठ सुधार कार्यक्रम गर्ने भएको छ । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा भैँसी पालक किसानलाई गोठ सुधार कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

गाउँपालिकाले आर्थिक वर्ष २०८०र०८१ को वार्षिक स्वीकृत खोररगोठ सुधार कार्यक्रमअन्तर्गत भैँसी पालक किसानलाई गोठ सुधारका लागि ५० प्रतिशत अनुदान दिन लागेको कृषि तथा पशुपन्छी विकास शाखा अधिकृत प्रकाशसिंह धामीले बताउनुभयो । कार्यक्रममा हरेक वडाका किसानलाई समेट्ने बताइएको छ ।

गाउँपालिकाका गोठ सुधारका लागि आवेदन दिन भैँसीपालक कृषकलाई बुधबार एक सूचना जारी गर्दै अनुरोध समेत गरेको छ । इच्छुक भैँसी पालक कृषक, कृषि फर्म, उद्यमी कृषकले १५ दिनभित्रमा आवश्यक कागजातसहित आवदेन दिन सकिने गाउँपालिकाले जनाएको छ ।

कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको पशु शाखा अधिकृत धामीले जानकारी दिनुभयो । गत वर्ष कार्यक्रममार्फत गाई गोठ सुधारमा अनुदान दिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?