चोरको कुटपिटबाट बाँकेमा एकजनाको मृत्यु

दार्चुला । बाँकेमा चोरहरूको कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको नजिकै रहेको जानकी गाउँपालिका वडा नम्बर ५ रुद्रपुर नयाँ बस्ती निवासी सन्तोष थारुको घरमा गएराति करिब १ बजेको समयमा पाँच सात जनाको समूहमा घरभित्र चोरी गर्ने उद्देश्यले छिरेकाहरूले कुटपिट गरेपछि गम्भीर घाइते भएका सन्तोष थारुको उपचारको क्रममा शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको प्रहरीले जनाएको हो । यस्तै एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सो घटनामा परि घाइते भएकी मृतक थारुकी श्रीमती सबिता थारुको भेरी अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले लुटेराहरूको खोजि गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?