दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण भएको छ । गएराति प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी सुतिरहेको समयमा अज्ञात समूहले आक्रमण गरेको हो ।
गाउँपालिका अध्यक्ष जमनसिंह धामीका अनुसार अधिकारी सुतिरहेको अवस्थामा राति करिब २ बजे एक्कासी झ्यालमा ढुंगाले हानेर आगजनी समेत गरिएको हो । घटनामा भौतिक क्षति पुगे पनि मानवीय क्षति हुनबाट जोगिएको छ ।
घटनापछि प्रमुख प्रशासकीय अधिकृत अधिकारी झ्यालबाट हाम फालेर बाहिर निस्किन सफल भएका थिए । नजिकै रहेको इलाका प्रहरी कार्यालयमा पुगेर उहाँले ज्यान जोगाएको प्रहरी स्रोतले जनाएको छ । घटनामा संलग्नहरुको पहिचान हुन बाँकी छ ।
जिल्ला प्रहरी कार्यालयको टोली समेत पुगेर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया