बैतडी घर भएका नेपाली सेनाका क्याप्टेन बिष्टको निधन

दार्चुला । बैतडी घर भएका नेपाली सेनाका सिनियर क्याप्टेन अवकाश प्राप्त महासेनानी सुवर्ण बिष्टको निधन भएको छ।

आज बिहान आफै गाडी चलाएर अस्पताल गएका बिष्टको अस्पतालमै हृदयघात भएर मृत्यु भएको हो। उनी केही दिनअघि भाइरल ज्वरोबाट ग्रसित थिए। बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ कालागाँउ पुख्र्यौली घर भएका बिष्टको धनगढी उपमहानगरपालिका–१३ गेटामा बसोबास छ।

हाल भने विष्ट काठमाण्डौं बस्दै आएका थिए । बिष्ट सुदूरपश्चिमबाट नेपाली सेनामा पाइलट हुने पुराना पाँच जनामध्ये एक हुन् ।

बिष्टका पत्नी, एक छोरा र एक छोरी छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?