दार्चुला । राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । बिहान ११ बजेदेखि १ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । निर्वाचन भने भोलि मंगलबार हुने भएको छ ।
संघीय संसद् सचिवालयले यही फागुन २९ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचन गर्ने तालिका सार्वजनिक गरे बमोजिम भोलि निर्वाचन हुने भएको हो । यस्तै १.३० बजे उमेदवारको नामावली प्रकाशित गरिनेछ ।
गत साता फागुन २० गते राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पदावधि सकिएपछि अध्यक्ष पद रिक्त रहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया