दार्चुला, बैतडी सहित सुदूरपश्चिममा भिटौलो सुरु

दार्चुला । चैत महिना शुरु भएसंगै दार्चुला, बैतडी सहित सुदूरपश्चिमका जिल्लाहरुमा भिटौलो सुरु भएको छ । परापुर्वकाल देखि दार्चुला, बैतडी लगायतका पहाडी जिल्लाहरुमा चैतको महिनामा कोसेली लगेर माइती पक्षले छोरी बैनीहरुलाई भेट्ने चलनलाई भिटौला भन्ने गरिएको छ ।

सुदूरपश्चिमका जिल्लाहरुमा मिठो मसिनो पकाएर छोरी बहिनीहरुलाई उनीहरुकै घरमा गएर प्रत्येक बर्ष चैतको महिना भेट्ने चलन रही आएको छ । चैतको महिनामा माइतीबाट दाजुभाई कहिले भेट्न आउलान भनेर दिदी बहिनीहरुले पनि बाटो कुर्ने गरेका छन् । आफ्ना दाजुभाई नहुनेहरुले वल्लोपल्लो घरका दाजुभाईहरु समेत गएर भेटघाट गर्ने चलन छ । पहाडबाट तराईमा बसाईसरेकाहरु पनि भिटौलो मनाउँदै आएका छन् ।

छोरीबहिनीहरु प्रतिको माया, ममता बढाउन र माइती पक्षको सम्झना मेटाउनका लागि भिटौलाको चलन चलेको स्थानीय संस्कृतिका जानकारहरु बताउछन् । पहिला भिटौला जाँदा घरमै उपलब्ध चीजवस्तुहरु लिएर जाने चलन थियो तर पछिल्लो समयमा बजारका सामग्रीहरु किन्ने चलन पनि बढेको छ । पछिल्लो समय भिटौलाका कारण चैत महिनामा बजारहरुमा पनि चहल पहल बढ्ने गरेको छ ।

चैत महिनाको सुरुदेखि महिनाभरी विवाहित छोरीचेलीहरुलाई भेट्ने चलन रही आएको छ । यो महिनाको भेटघाटले माइतीको नियास्रो मेटिने गरेको चेलिबेटीहरु बताउछन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?