बसको ढोकाबाट झर्दा किचेर सहचालकको मृत्यु

दार्चुला । संखुवासभामा बसले किच्दा एकजनाको मृत्यु भएको छ। चैनपुर नगरपालिका–६ जिरो प्वाइन्टमा बसले किचेर धनकुटा नगरपालिका–६ पात्लेखोलाका ३० वर्षीय मनोज खड्काको मृत्यु भएको हो । उनी सोही बसका सहचालक हुन्।

चैनपुरको नुनढाकीबाट ईटहरीतर्फ जाँदै गरेको बसको ढोकाबाट झर्दा पछाडीको टायरले किचेर सहचालक खड्का गम्भिर घाइते भएका थिए।

सहचालक खड्काको उपचारका लागि धरान लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?