सांसद विनोद चौधरीमाथि जग्गा हिनामिनामा अनुसन्धान, सिआइबीबाट सभामुखलाई पत्र

दार्चुला । प्रतिनिधिसभा सदस्य विनोद चौधरीमाथि बाँसबारी छाला जुत्ता जग्गा हिनामिना प्रकरणमा अनुसन्धान भइरहेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ। सिआइबीले बुधबार पत्र पठाएर जानकारी गराएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो ।

सिआइबीले पठाएको पत्रमा भनिएको छ, ‘काठमाडौं महानगरपालिका ३ नम्बर वडा कार्यालय र नवराज शर्मासमेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी अजितनारायणसिंह थापासमेत भएको बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको काठमाडौं– ३ स्थित दश रोपनी जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लि।का संस्थापक सेयरधनी तथा तत्कालीन सञ्चालक समितिका सदस्य संघीय संसद्का माननीय सदस्य श्री विनोदकुमार चौधरीका सम्बन्धमा यस ब्युरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीका लागि सादर अनुरोध गरिएको छ।’

यससँगै सांसद चौधरीलाई बयानका लागि बोलाउने वा पक्राउ गर्ने बाटो खुलेको छ । सीआईबी प्रमुख तथा एआईजी श्यामलाल ज्ञवाली पनि अनुसन्धान भइरहेको विषयमा सभामुखलाई जानकारी गराउनुले सांसद चौधरीलाई प्रहरीले जतिबेला पनि बयानका लागि बोलाउनसक्ने बुझ्नुपर्ने बताउँछन् ।

‘संसदलाई जानकारी गराइसकेपछि अब जनुसुकै बेला हामीले बोलाउने र बयान गराउन सक्छौं’, एआईजी ज्ञवालीले भन्नुभयो, ‘सांसदले पनि संसद बैठक छ भनेर टार्न मिलेन, त्यही प्रयोजनका लागि पत्र पठाएका हौं । सीआईबीले बाँसबारी छालाजुत्ता प्रकरणको अनुसन्धानका लागि १८ माघमा सीजी चाँदबाग रेसिडेन्सीका अध्यक्ष सञ्जय ठाकुर, सञ्चालक अरुण चौधरी र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो । बुधबार मात्र वसन्त चौधरीसँग वयान कागज गराएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?