‘कमेडी च्याम्पियन’को टीम चढेको कार दुर्घटना

दार्चुला । टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टीम चढेको कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते हुनेमा निर्देशक विशाल भण्डारी लगायत रहेको प्रहरीले जनाएको छ ।
नगरकोटबाट फर्कंदै गर्दा उनीहरू सवार बा–१–०२६ ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिकको रोकिराखेको टिप्परसँग ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेलाई मध्यपुर ठिमी अस्पतालमा लगिएको थियो । जसमध्ये निर्देशक भण्डारी र पूजन अधिकारी डिस्चार्ज भएका छन् भने चारजनाको उपचार भैरहेको छ । सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई अस्पतालमा उपचार गराइरहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?