कोशी, बागमती र गण्डकी प्रदेशमा सोमबारसम्म पानी पर्ने

दार्चुला । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावले देशभर आज पनि मौसम आंशिक बदली भएको छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरु र मधेश प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने वर्षाको सम्भावना न्यून रहेको छ ।

आइतबार र सोमबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?