सुदूरपश्चिमका ५७१४ जनाले जिते कोरोना, ८०२ ‘एक्टिभ केस’

दार्चुला । सुदूरपश्चिम प्रदेशमा पाँच हजार सात सय बढिले कोरोना जितेका छन्।

नियमित प्रेस ब्रिफिङमा प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बिहिवार थप सात जनाले कोरोना जितेको जानकारी दिनुभयाे।

उहाँका अनुसार कैलालीबाट पाँच, कञ्चनपुरबाट एक र दार्चुलाबाट एक जना जनालाई बिहिवार डिस्चार्ज गरिएको हो। योसंगै प्रदेशमा पाँच हजार सात सय १४ संक्रमितले कोरोना जितेका छन्।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार ६ सय ७६ जना निको भएर घर फर्किएका छन्। यस्तै डोटीका नौँ सय २८, अछामका नौँ सय १२, कञ्चनपुरका ६ सय ९२ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ।

बाजुराका चार सय ४२ जना, बझाङका तीन सय ७६, बैतडीका तीन सय २६, डडेल्धुराका तीन सय १६ र दार्चुलाका ५४ जना संक्रमित पनि डिस्चार्ज भएका छन्।

स्वास्थ्य निर्देशनायका अनुसार प्रदेशमा संक्रिय संक्रमितको संख्या ८ सय दुई रहेको छ।

सुदूरपश्चिम प्रदेशमा शुक्रवारसम्म कोरोना संक्रमितको संख्या ६ हजार सात सय नाघेको छ। संक्रमण पुष्टि भएका १५ जना संक्रमितको मृत्यु भईसकेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?