दार्चुला । डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको शिखर नगरपालिका९९ मा माटोको ढिस्कोले च्यापियर निर्मला रोस्याराको मृत्यु भएको हो ।
उनको घटना स्थलमै मृत्यू भएको जनाइएको छ । यस्तै च्यापिएका ३ जनाको सकुशल उद्दार गरिएको छ ।
घटना शनिबार दिउँसो करिब साढे तीन बजेतिर भएको र मृतकको शव अहिले निकाल्ने काम भैरहेको शिखर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष जगन्नाथ भट्टले जानकारी दिनुभयो ।
सो वडाको सुण्ण भन्ने गाउँको जङ्गलमा घर पोत्ने माटो लिन गएको बेला घटना भएको बुझिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया