दार्चुला । यस वर्षको महामूर्खको उपाधि मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले पाएका छन् । होलीको अवसरमा जनकपुरधाममा मिथिला नाट्य कला परिषद् (मिनाप)ले आयोजना गरेको महामूर्ख सम्मेलनमा सभामुख मण्डललाई महामूर्ख घोषणा गरेको हो ।
जनकपुरधामको मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामूर्ख सम्मेलनमा होली पर्वको अवसरमा मिनापले प्रत्येक वर्ष हास्य ठिठोलीको उद्देश्यले महामूर्ख सम्मेलनको आयोजना गर्दै आइरहेको छ ।
उहाँलाई प्रशस्ती पत्र, तरुलको माला तथा टोपीले सुशोभित गरी सम्मान गरिएको छ ।
मधेस प्रदेशको अर्थ मन्त्रालयका सचिव सुभाषचन्द्र शिवाकोटीलाई पटमूर्ख, मैथिली साहित्यकार सभाका सभापाल प्रेम विदेह ललनलाई मूर्ख महामण्डलेश्वर, गोगलप्रसाद उच्च माविका प्रधानाध्यापक महावीर दासलाई सदावहार मूर्ख, रामजानकी अन्तर्राष्ट्रिय रंगशालाका अभियन्ता दिनेश पूर्वेलाई वैशाखनन्दन, सञ्चारकर्मी नित्यानन्द मण्डललाई खेसारी लाल, ई.सुभाषचन्द्र साहलाई स्थायी मूर्ख, मैथिली कला क्षेत्रमा काम गर्दै आएको संस्था युवा नाट्य कला परिषद्लाई निर्विकल्प मूर्ख, पिपरा गाउँपालिकाको उपाध्यक्ष वन्दना पाण्डेलाई दिलतोरियाको उपाधिले सम्मान गरिएको छ ।
त्यस्तै मिथिला चित्रकार सुधिकार कर्णलाई हरिप्रिया, मधेस क्रिकेट टिमका क्याप्टेन हरिशंकर साहलाई लोढाशंख, योगगुरु विमल पण्डितलाई बुरिराज, मूर्तिकार योगेन्द्र पण्डितलाई बज्रकिट र अनिकेत गोइनकालाई सोटाचन्दको उपाधिले सम्मानित गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया