बाँकेमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

दार्चुला । बाँकेमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। कोहलपुर नगरपालिका–१४ पर्वतीपुर स्थित हेम्पाइप फ्याक्ट्रीमा काम गर्दै आएका बर्दियाको बाँसगढी ४ घर भइ हाल अस्थायी रुपमा कोहलपुर १४ मा बस्दै आएका वर्ष २२ का अनिल विकले वर्ष २१ की श्रीमती सुशीला सुनारको हत्या गरेका हुन्।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी सुनारलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ल्याइएको र उपचारका क्रममा मृत्यु भएको बाँके प्रहरीले जनाएको छ।

श्रीमान् अनिल विकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय कोहलपुरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?