मालिकार्जुन गाउँपालिकाको होलीबाट बचाएको रकम टुहुरा बालिकाको उपचारमा सहयोग

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाको होलीबाट बचाएको पैसा टुहुरा बालिकाको उपचारका लागि खर्च गरिएको छ । गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिले होली खेलेर संकलन भएको रकमबाट आवश्यक खर्च कटाएर बचाएको १५ हजार रुपियाँ हात भाचिएर उपचारमा आर्थिक अभावको समस्या भोगिरहेकी मोनिका टमटाको उपचारका लागि दिइएको हो ।

आमाबुबा नभएकी टुहुरा बालिका मोनिका टमटा हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइन, मालिकार्जुन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले भन्नुभयो, होलीकै समयमा विद्यालयबाट फर्किनेबेला लडेर हात भाचिएपछि गाउँपालिकाले २५ हजार आर्थिक सहायता दिएर गाउँपालिकाकै एम्बुलेन्समार्फत उपचार (अप्रेसन) का लागि प्रादेशीक अस्पताल कैलाली धनगढी पठाइएको थियो । अप्रेसनका लागि थप रकम आवश्यक पर्ने भएपछि मालिकार्जुन गाउँपालिकाको होलीबाट संकलन भएको पैसा बचाएर १५ हजार अप्रेसनका लागि पठाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?